सुचना, समाचार र मनोरन्जन

दीपकले अमेरिकाबाटै घोषणा गरे अर्को दसैंमा नयाँ रिलिज

काठमाडौं :

नेपाली दर्शकलाई दश वर्ष यता छक्का पञ्जा टिमले दसैंमा दर्शकलाई मनोरञ्जन दिदै आएका थिए। अहिलेसम्म यहि सिरिजले नै नेपालमा सर्वाधिक कमाई गर्ने फिल्म बनेको थियो। दर्शकमाझ लोकप्रिय रहेको छक्कापञ्जा टिमले यस वर्ष भने फिल्म प्रदर्शन गरेनन्।

आगामी वर्षको दसैंमा भने यसै टिममध्येका एक अभिनेता तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दसैंमा फिल्म ल्याउने घोषणा गरेका छन्।
उनले अमेरिकाबाट सामाजिक सञ्जालमार्फत आफ्नो टिमको फिल्म अर्को वर्ष ल्याउन लागेको जानकारी दिएका हुन्। उनी यतिबेला ‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका भ्रमणमा छन्। उनी भन्छन्, ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दशैं सोचे जस्तो पक्कै भएन होला । हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं, तैपनि दशैमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यबाद । अर्को साल दसैंमा भेटौला।’

उनले फिल्म ल्याउन लागेका जानकारी दिए पनि छक्का पञ्जाकै रिलिज आउँछ कि अरु कुनै हो भन्ने बारेमा जानकारी दिएका छैनन्। सायद उनले छक्का पञ्जालाई नै निरन्तरता दिन लागेको हो कि भन्ने अनुमान आम दर्शकको बुझाई छ। उनले केहि फिल्म चलचित्र विकास बोर्डमा दर्ता गराई सकेका छन्।

उनीहरुले यस वर्ष आफ्नो निर्माणमा बनेको कुनै फिल्म रिलिज गरेनन्। फिल्म रिलिज नगरेता पनि दीपकसहित दीपाश्री निरौला, जितु नेपाल लगायतको टोली अहिले अमेरिकाका विभिन्न राज्यमा आफ्नो प्रस्तुति दिइरहेका छन्। एक महिनासम्म चल्ने ‘छक्कापञ्जा टूर’पछि उनीहरु नेपाल फर्कने छन्।

Leave A Reply

Your email address will not be published.