सुचना, समाचार र मनोरन्जन

पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

काठमाडौँ/

ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।

Gandarbha

उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।

मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।

सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ।

Leave A Reply

Your email address will not be published.