सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज ‘होस्टेल ३’ देशभर प्रदर्शनमा,दर्शकमा उत्साह

काठमाडौं :

शुक्रबारबाट फिल्म ‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ। यो फिल्मले देशभर २०० भन्दा बढी शो पाएको छ। हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ। ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा यो फिल्मको व्यापारले राम्रो गति लिने देखिन्छ।

अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले यो फिल्म पनि प्रतीक्षित देखिएको हो। सशान कँडेलद्वारा निर्देशित यो फिल्ममा युवा पुस्तालाई लक्षित रहेको छ। फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि यो फिल्ममा रहेका छन्।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस फिल्मको सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन् । यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.