सुचना, समाचार र मनोरन्जन

फिल्म ‘माया प्रीति’का लागि कास्टिङ कल आह्वान

काठमाडौं :

निर्माण हुन लागेको फिल्म ‘माया प्रीति’ टिमले कास्टिङ कल आह्वान गरेको छ। शुक्रबार निर्माण टिमले फिल्मको प्रमुख भूमिकाको लागि पुरुष कलाकार,नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार,पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए।

Pach Pandav

नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी फिल्मको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छन्। फिल्मको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार यस फिल्मकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो। अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ। अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ।

फिल्मका निर्देशक श्रेष्ठका अनुसार ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ। निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो। वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता सुवास चन्द्र प्रधान हुन्। चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन् भने कार्यकारी निर्माताकै रूपमा फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन्।

यसै गरी, चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो २०७२ सालमा रिलिज भएको सुपर हिट फिल्म ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन्। चलचित्रको छायाङ्कन चाँडै सुरु गर्ने तयारी भइरहेको छ।

Leave A Reply

Your email address will not be published.