काठमाडौं :
पछिल्लो समयका व्यस्त र चर्चित म्युजिक भिडियो निर्देशक हुन् दिपेश एसके। उनलाई भिडियो निर्देशन गर्न भ्याइँ नभ्याइँ छ। उनको आफ्नै लेखन, निर्देशन र अभिनयमा आधुनिक गीत ‘तिम्रा लागि रुने मन’ दर्शकमाझ आउने तयारीमा छ।
सुप्रसिद्ध गायक प्रमोद खरेलले गाएको यस गीतमा उनको अभिनय रहेको हो। गीतलाई आधुनिक शैलीमा तयार पारिएको छ,जसले युवा पुस्ताको मन जित्ने अपेक्षा निर्देशक दिपेशको छ। उनी भन्छन्,‘अरु समयमा गर्दै आएको भिडियो भन्दा यसमा अलिक फरक गर्ने प्रयास गरेको छु। दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ।’
यस गीतमा शब्द, सङ्गीत उत्तम रावतले सिर्जना गरेका हुन् भने एरेन्ज,मिक्सिङ झलक संगीतमले गरेका छन्। यस गीतको भिडियोमा दीपेशका अलवा किरण साङबो र सबिना लो तामाङले अभिनय गरेका छन्। भिडियोलाई टेकेन्द्र साहले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्।
केहि दिनअघि मात्रै दीपेशको कोरियोग्राफी तथा निर्देशनमा ‘गैदिउँ भागेर’ गीतको भिडियो रिलिज भएको थियो। जुन यतिबेला चर्चामा छ।