सुचना, समाचार र मनोरन्जन

सभामुखको अर्याल परे ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ,

सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

बुधवार बिहान थापाथली पुलबाट माइतीघर तर्फ जाँदा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृत भन्छन्, ‘भीआईपीको गाडीलाई सडकमा रोक्न मिलेन त्यसैले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।’

सभामुखको अगुवा गाडी प्रहरीको र पछुवा गाडीमा सैनिक अधिकारीहरू हुन्छन् ।

Leave A Reply

Your email address will not be published.