सुचना, समाचार र मनोरन्जन

महेन्द्र मोरङ क्याम्पसका डा. अजय भट्टराई विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा

विराटनगर,

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका वरिष्ठ प्राध्यापक तथा वैज्ञानिक डा. अजय भट्टराई विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा समावेश हुनुभएको छ। उहाँको यो उपलब्धिलाई नेपाली उच्च शिक्षा तथा अनुसन्धान क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरसँग सम्बन्धित अनुसन्धानका आधारमा तयार गरिने उक्त सूचीमा विश्वभरका वैज्ञानिकको अनुसन्धान योगदान, प्रकाशन तथा वैज्ञानिक प्रभावलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिन्छ।

Chaka Panja

त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. भट्टराई रसायनशास्त्र विषयमा अनुसन्धानरत हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पूर्वसदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

डा. भट्टराईको मुख्य अनुसन्धान क्षेत्र रसायनशास्त्र हो भने उहाँको विशेषज्ञता अकार्बनिक तथा आणविक रसायनशास्त्रमा रहेको छ। उपलब्ध विवरणअनुसार उहाँको एच–इन्डेक्स १७ र एचएम–इन्डेक्स ८ रहेको छ। यी सूचकले वैज्ञानिकका अनुसन्धान प्रकाशन तथा सहलेखनमा आधारित अनुसन्धान योगदानको मूल्याङ्कन गर्न सहयोग गर्छन्।

अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सूचीमा डा. भट्टराईको नाम समावेश हुनुले नेपाली अनुसन्धानकर्ताको योगदानलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस उपलब्धिले नेपालमा वैज्ञानिक अनुसन्धान, उच्च शिक्षा र प्राज्ञिक क्षेत्रमा सक्रिय जनशक्तिलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.