Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कलर एसेन्सको प्रोडक्ट लन्च कार्यक्रममा नचाए शम्भु राई र बिन्दु परियारले
- ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतपछि सारिको ‘गुन भुल्यौ-२ साइला दाइ’
- ‘यात्रा’प्रदर्शनको ७ वर्षपछि सुशीलको ‘परालको आगो’बाट दमदार कमब्याक
- ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’
- ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न
- ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
- पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने
- कडेल महान्यायाधिवक्तामा नियुक्त
- नेपाली लेखक सङ्घ कास्कीको अथक
- उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
चितवन,
जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।
उहाँले भन्नुभयो “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।” साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिनुभयो ।
जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।
Prev Post