
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
चितवन,
जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।

उहाँले भन्नुभयो “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ ।” साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिनुभयो ।
जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् । ती सहकारीले समयमा भूक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।
Prev Post