सुचना, समाचार र मनोरन्जन

दुर्गा प्रसाई समुहको छलफल सकियो,७ गते तीनकुनेमा ११ बजे भेला हुन आह्वान

काठमाडौं :

अभियन्ता दुर्गा प्रसाईको मंसिर ७ गते हुने आन्दोलन काठमाडौंको तीनकुनेबाट सुरु हुने भएको छ। सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। अभियन्ता दुर्गा समुहले ७ गते देशैभरिबाट लाखौ मान्छे काठमाडौंमा उतार्न लागेको छ। सोहि दिनबाट राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको निष्कर्षमा पुग्ने अभियन्ता प्रसाईको भनाई छ।

Chaka Panja

नागरिक आन्दोलनका सह–प्रवक्ता राजाराम माण्डव्यका अनुसार तिनकुनेमा विहान ११ बजे आन्दोलनकारी भेला हुनेछन् । त्यसपछि कता लाग्ने भन्ने बारे अहिले छलफल चलिरहेको उनले बताए।

नागरिक आन्दोलनका लागि देशैभरिका नगरपालिका र गाउँपालिकाबाट लाखौँ मान्छे उतार्ने योजनामा दुर्गा समुह लागि परेको छ। यता दुर्गाको आन्दोलनलाई तुहाउनका लागि नेकपा एमाले निकट भातृ संगठन यूवा संघले पनि सोही दिन आन्दोलनको घोषणा गरेको छ। त्यस कारण सरकारले दुवैपक्षलाई भेट हुन नदिने तयारीमा लागेको छ।

Leave A Reply

Your email address will not be published.