सुचना, समाचार र मनोरन्जन

पोखरा ५ को एकता आवासीय माध्यमिक विद्यालयले २१ औं वार्षिकोत्सव मनायो

पोखरा/

पोखरा महानगर ५ लायन्स चिल्ड्रेन पार्कस्थित एकता आवासीय माध्यमिक विद्यालयको २१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ ।

विद्यालयका सञ्चालक अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षता शुरू भएको सो कार्यक्रमको गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक श्री घनश्याम पौडेलले प्रमुख अतिथिका रूपमा समुद्घाटन तथा सम्बोधन गर्नुहुँदै शिक्षाले समाजमा उन्नत, आधुनिक चेतना, सिप र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए । शिक्षाको क्षेत्रमा सरकारले गर्न नसकेका र समाजले आवश्यक ठानेको आधुनिक सेवा सुविधासहित ज्ञान, प्रविधिको शिक्षा दिई रहेको बताए ।

विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी नियमित खटि मेहनत गरेमा मात्र राम्रो शिक्षा दिन सकिने कुरा बताउँदै अभिभावकलाई पनि आवश्यक ध्यान दिॅदै गुणस्तररीय शिक्षा प्राप्त गर्नका लागि सहयोग गर्न सुझाव दिनुभयो र यो विद्यालय यस वडाको राम्रो विद्यालय रहेको र आगामी दिनमा अझ थपप्रगतिको कामना गर्दै नयाँ वर्षको शुभकामना पनि व्यक्त गरे । यसै समारोहमा विद्यालय सेवामा ७ देखि २० वर्षसम्म सेवा गरिरहेका शिक्षक, कर्मचारी हरूलाई नगद पुरस्कार, दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुका साथै २०८० का विविध क्रियाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरू लाई पुरस्कृत भएका थिए भने सोही अवसरमा विद्यालयका तर्फबाट महानिर्देशक घनश्याम पौडेललाई सम्मान पत्र तथा दोसल्लाबाट सम्मान गरिएको थियो ।

यसरी नै विशेष अतिथिका रूपमा वडा ५ का वडाध्यक्ष बिष्णुप्रसाद बरालले यो विद्यालय यस वडामा शैक्षिक तथा सामाजिक गतिविधिमा पनि संलग्न हुँदै गुणस्तरीय शिक्षा दिइरहेको एक उत्कृष्ट विद्यालय भएको बताउँदै समाजमा सबै विकासको जग विकास गर्ने माध्यम शिक्षा भएकाले देशलाई सम्वृद्ध विकसित बनाउन गुणस्तरीय शिक्षा दिईरहेको पाएको र यस्ता कार्यका लागि वडाबाट पनि सहयोग गरिने बताए ।

यसै गरि राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष श्री कमलनयन गौतमले शिक्षाले मानिसलाई साक्षर बनाउने मात्र नभई नैतिक वान,बौद्धिक, परिश्रमी तथा विज्ञ बनाउने भएकाले शिक्षाको महत्व बुझेर पढ्ने पढाउने कार्यमा सबैले हातेमालो गर्न आवश्यक सहयोग गर्न सुझाव दिए । सो कार्यक्रममा अर्का शिक्षा तथा समाजसेवी श्री हेरम्बराज कोइरालाले विशेष अतिथिका रूपमा शिक्षाको महत्व र आयामका बारेमा अभिभावक शिक्षक विद्यार्थी हरूलाई सुझाव दिॅदै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । युनिप्स नेपालका केन्द्रीय सल्लाहकार ले पोखराको शिक्षाको विकासमा सदश्य विद्यालयहरू एउटै क्यालेन्डर बनाई विभिन्न रचनात्मक सृजनात्मक कार्यक्रम गरि आएको बताउँदै एकता आवासीय मा विले खेली रहेको भूमिकाको चर्चा गरे । विशेष अतिथि युनिप्स नेपालका केन्द्रिय अध्यक्ष विश्वराज खनालले एकता आवसिय मा.वि संगठन मध्येको विद्यालयमा निरन्तर हरेक प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट प्रस्तुत गर्दै आइरहेको र गुणस्तरिय शिक्षा सम्प्रेषणमा निरन्तर लागिरहेको बताए ।

यसरी नै विद्यार्थीबाट तयार गरिएका नृत्य, मञ्चित नाटक लगायत विभिन्न भेषभूषा सहितका सांस्कृतिक तथा शिक्षाप्रद कार्यक्रम प्रस्तुत गरिएका थिए। विद्यार्थीहरू शिक्षकका मन्तव्य सहित रहेको सो कार्यक्रमको सञ्चालन विद्यालयका संचालकर निर्देशक इजिना केसी ले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.