सुचना, समाचार र मनोरन्जन

फेस अफ नेपाल २०२५मा छानिए चार विजेता

काठमाडौँ :

सौन्दर्य प्रतियोगीता फेस अफ नेपाल २०२५ का बिजेता छानिएका छन्। आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फिनाले गरेर चार बिजेतालाई छनोट गरेको हो । जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य रहेका छन् ।

चारैजना बिजेताहरुले कोरियामा आयोजना हुने फेस अफ एसियाका लागी नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन्। आउँदो अक्टोबरमा कोरिया जाने तालिका रहेको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन्। माझीले गतबर्ष जस्तै यसबर्ष पनि विजेताहरुले कोरियामा गएर नेपाललाई चिनाउने काम गरेर फर्केनेमा विश्वस्त छिन्। गतबर्षबाट फेस अफ नेपाल एमएस प्रोडक्सन नेपालले आयोजना गर्दै आएको छ । विजेताहरुले १५ लाख बराबरको बिभिन्न अवसरसँगै उपहार प्राप्त गरेका छन्।

फिनालेमा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित भएकी थिइन्। साथै फिनालेमा जज्को रुपमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, चलचित्र निर्देशक सरोज पौडेल, ब्यवसायी मनिष कुमार खेम्का थिए।

सेसेमी लिम्बुले होस्ट गरेको फेस अफ नेपालको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए। इभेन्ट म्यानेजरको रुपमा प्रज्ववल ताम्राकार र बजार ब्यवस्थापन नितु अग्रवाल खेम्काले गरेकी थिइन्। अफिसियल फोटो ग्राफर निशान्त सरकार र अनवेस देवकोटा हुन् ।

Leave A Reply

Your email address will not be published.