सुचना, समाचार र मनोरन्जन

फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौं :
अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनिले फिल्मको पहिलो ट्रेलर सार्वजनिक गरेको हो। बुद्ध जयन्तीको अबसरमा आगामी जेठ १० गतेबाट फिल्म दर्शकमाझ आउँदैछ। ट्रेलरमा फिल्मका प्रमुख कलाकार अनमोलसँगै अभिनेत्री जसीता गुरुङ, डेब्यू कलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतका कलाकार फिचर्ड छन् ।
उच्च मेकिङ र पछिल्लो समय दर्शकमाझ आएका फिल्महरूभन्दा भिन्न स्वाद फिल्मले पस्केको ट्रेलरमा देखिन्छ। लभस्टोरी जनरामा सर्वाधिक रुचाइएका अनमोल र अभिनेत्री जसीताको सुन्दर केमेस्ट्रि देखाइएको छ। कार्यक्रममा बोल्दै अनमोलले आफ्नो करियरको दशौं वर्ष र यो फिल्म पनि आफ्नो दशौं फिल्म भएको भन्दै आफ्नो लागि ‘फर्की फर्की’ विशेष रहेको बताए। अभिनेत्री जसीताले अनमोलसँग पहिलोपटक काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । यो फिल्म आफ्नो लागि डेब्यू जस्तै रहेको र निकै मेहनत गरेको उनको भनाई छ ।
शाहिल खानले फिल्मको ट्रेलर तयार पारेका हुन्। प्रेम, रोमान्स र ‘टाइम ट्राभल’को कथा फिल्मले बोल्ने संकेत ट्रेलरले गरेको छ। यो फिल्म वर्ष २०८१ को प्रतिक्षित फिल्म मध्येको एक हो। रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।
ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन्। यो फिल्ममा अरुण रिजालको पनि लगानी छ। फिल्म ‘फर्की फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन छ भने रोमन न्यौपाने र नरेन लिम्बुको संगीत रहँदा छायांकन नरेन्द्र मैनालीको छ । सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ । प्रोडक्सन हेड शंकर पाण्डे हुन् ।

Leave A Reply

Your email address will not be published.