सुचना, समाचार र मनोरन्जन

अशोक दर्जीको कथामा टंक बुढाथोकी फिल्म बनाउने

काठमाडौं :
गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन् ।बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो । बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन् ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र  ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा  निर्मातामा विनय अधिकारी रहेका छन्।  अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।
फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा  निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । चलचित्रलाई २०८१ सालभित्रै  प्रदर्शन गर्ने तयारी छ। चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा  समावेश हुनेछ ।
Leave A Reply

Your email address will not be published.