
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी
- पोउवा संघको कार्यसमितिमा डिल्लीराज र तुलबहादुर मनोनित
- ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुल्यो, सेन्सर बाट पाएको ‘पीजी’ सर्टिफिकेट
- ‘छ माया छपक्कै २’को ट्रेलरलाई दर्शकको उच्च साथ, कमेन्टमा प्रशंसाको ओइरो
- रेडक्रस सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि घर बनाइदिने
- ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक: प्रमुख पात्र र कथावस्तु रहस्यमयी
- मानव अधिकार आयोगका कार्यालय दसैँ बिदामा पनि खुला रहने
- जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा शनिबार १० किलोमिटर खुल्ला दौड प्रतियोगिता हुने
- भदौमा दुई खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
- दसैँसँगै बाँचेका गुणबहादुरहरू
अशोक दर्जीको कथामा टंक बुढाथोकी फिल्म बनाउने
काठमाडौं :
गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन् ।बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो । बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन् ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा निर्मातामा विनय अधिकारी रहेका छन्। अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।
फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ। चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा समावेश हुनेछ ।
Prev Post