सुचना, समाचार र मनोरन्जन

‘माँ’ फिल्मको प्रचारले उब्जायो विवाद, काजोलको बोलीले उथलपुथल

काठमाडौँ :

बलिउड अभिनेत्री काजोल आफ्नो नयाँ फिल्म ‘माँ’को प्रचारका क्रममा दिएको एक अभिव्यक्तिले विवाद परेकी छन्। उनले हैदरावादस्थित रामोजी फिल्म सिटीलाई ‘भूतप्रेत लागेको ठाउँ’ भनेर टिप्पणी गरेपछि विवादमा परेकी हुन्।

काजोलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनेकी छन्,‘ रामोजी फिल्म सिटीमा रातभर सुत्न सकिनँ, र त्यहाँबाट जतिसक्दो चाँडो निस्कनु ठिक लाग्यो।’

उनको यो भनाईलाई लिएर त्यहाँका स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रुष्ट बनेका छन्।उनले रामोजी फिल्म सिटीलाई विश्वका ‘सबैभन्दा भुतिया स्थानहरूमध्ये एक’ भन्दै चर्चा गरेकी थिइन्। यद्यपि उनले कुनै अप्रिय अनुभव भने भोग्नुपरेको थिएन।

रामोजी फिल्म सिटी करिब २,००० एकडमा फैलिएको विशाल फिल्म स्टुडियो हो, जुन सन् १९९६ मा निर्माता रामोजी रावले स्थापना गरेका थिए। अभिनेत्री काजोलको अभिनित फिल्म ‘माँ’ यही जुन २७ मा रिलिजमा आउँदैछ। यसको प्रचारप्रसारमा उनी दौडाहा छिन्।

Leave A Reply

Your email address will not be published.