सुचना, समाचार र मनोरन्जन

नाटक नसकिदै ‘दोस्रो अध्याय’ मा लागिन् रेखा थापा : मातृत्वको यात्रामा केन्द्रित नयाँ युट्युब कार्यक्रम

काठमाडौं :

नाटक ‘मीरा’मा अभिनय गरिरहेकी रेखा थापाले आफ्नो युटुब च्यानलमार्फत ‘दोस्रो अध्याय’सुरु गरेकी छन्। उनले सन्देशमूलक संवादद्वारा पनि दर्शकमाझ पुग्ने नयाँ यात्रा थालनी गरेकी हुन्। उनले आफ्नै युट्युब च्यानलमार्फत नयाँ कार्यक्रम ‘दोस्रो अध्याय’को पहिलो एपिसोड गत बिहीबारबाट रिलिज गरेकी हुन्।

उनको कार्यक्रममा आमा भइसकेका कलाकार तथा अन्य महिलासँगको कुराकानी रहने छ। ‘गर्भवती महिलालाई के ज्ञान वा शिक्षा चाहिन्छ?’ भन्ने संवेदनशील विषयमा डा. ज्योत्सना शर्मा तिवारीसँग पहिलो गहन संवादमा कुराकानी गरेकी छन्। उनको पहिलो एपिसोडमा गर्भावस्था, मातृत्वको मनोविज्ञान, शिक्षा र महिलाको आत्मबलबारे विविध पक्ष उजागर गरिएको छ।

१६ एपिसोडसम्मको यो कार्यक्रममा सन्तानलाई जन्म दिइसकेका अभिनेत्रीहरुसँग कुराकानी रहनेछ। रेखाका अनुसार यो ‘दोस्रो अध्याय’ केवल एक टक शो नभएर सबै आमाहरूको साझा यात्रा हो।’

फिल्म क्षेत्रमै सक्रिय रहिएकी अभिनेत्री थापा अभिनित नाटक ‘मीरा’ कान्तिपुर फिल्म एकेडेमीको हलमा मञ्चन भइरहेको छ। गत जेठ १९ गतेबाट मञ्चन भएको यो नाटक आज सकिदैछ। उनको यो जिवनको पहिलो नाटक अनुभव पनि हो। उनले विस.२०५७ सालमा ‘हिरो’फिल्मबाट डेब्यु गरेकी थिइन्।

पहिलो फिल्मबाट नै नेपाली दर्शकको मन जितेकी रेखाले त्यस यता कहिल्यै पछाडि फर्केर हेर्नु परेन। १६ वर्षको उमेरमा नै फिल्ममा अभिनयबाट दर्शकको मन जितेकी उनले अहिलेसम्म फिल्म निर्मातादेखि निर्देशकको समेत अनुभव बटुलिसकेकी छन्। आफ्नो व्यानरभन्दा बाहिरको कमै मात्रामा फिल्म खेल्दै आएकी छन्। उनको पछिल्लो फिल्म ‘उपहार’हो।

Leave A Reply

Your email address will not be published.