सुचना, समाचार र मनोरन्जन

काठमाडौँ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

काठमाडौँ,

काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहानैदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकालगायतबाट जम्मा ८ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य सडक नजिकै भएको आगलागीका कारण कलंकी–थानकोट सडकमा गाडीको चाप बढेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब निरीक्षक कमल भण्डारीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.