पोखरा,
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा महानगरपालिकामा “रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (GCRU) परियोजना“ सञ्चालन भैरहेको छ। परियोजना अन्तरगत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’ को सट्टा चक्रिय अर्थतन्त्र (सर्कुलर इकोनोमी मोडेल) प्रणालीमा आधारित रिसाइक्लिङ÷ अपसाइक्लिङ (RU)उद्यमहरू स्थापना गरी हरित अर्थतन्त्रलाई प्रर्वद्धन कार्यक्रम पोखरामा सुरु भएको हो ।
हरित रोजगारीहरू प्रर्वद्धन गर्दै ठोस फोहोरमैलाबाट सिर्जना हुने प्रदुषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनिकरण गर्नु यो परियोजनाको मुख्य उद्देश्य हो । यी उद्देश्यहरू तीन अन्तरसम्बन्धित क्षेत्रहरू मार्फत हासिल गरिनेछ । नीति र समन्वय, RU उद्यमहरूको प्रवद्र्धन र बढ्दो जागरुकता र सुमुदायको सशक्तिकरणबाट समुदायस्तरमा RU प्रवद्र्धन र जनचेतना अभिवृद्धि । यस परियोजनाले विद्यमान र थप सम्भावित RU उद्यमहरूलाई प्रोत्साहन गर्न आवश्यक नीति तथा उपयुक्त वातावरण सिर्जना गर्न साथै ग्रीन भेन्चर जोन (GVZ) स्थापना गर्न सहयोग गर्नेछ । यसको अतिरिक्त परियोजनाले फोहोर संकलन तथा ढुवानी र पृथकीकरणको लागि सामुदायिक चेतनालाई थप सशक्त बनाउनेछ ताकि च्ग् उद्यमहरूको लागि आवश्यक कच्चा पदार्थ तथा सामाग्रीको आपूर्ति सुनिश्चित होस् । परियोजनाले निर्दिष्ट परिणामहरू प्राप्त गर्न र यसको दिगोपन सुनिश्चित गर्न पोखरा महानगरपालिकासँग समन्वय र सहकार्यमा काम गर्नेछ ।
परियोजनाको परिचय
परियोजनाले पोखराका १३६ वटा छानिएका टोल लेन संस्थाहरू (TLOs) मा व्यापक जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरेको छ, जसको मुख्य उद्देश्य दिगो फोहोर व्यवस्थापन, पुनःप्रयोग (recycling) र पुनःउपयोग(upcycling) को प्रवद्र्धन गर्नु हो । सकारात्मक व्यवहारिक परिवर्तन र घरमै फोहोर छुट्याउने बानी बसाल्न प्रेरित गर्नका लागि, यी TLO अन्तर्गतका घरपरिवारहरूलाई फोहोर छुट्याउने किट प्रदान गरिएको छ । घरमै फोहोर छुट्याउने अभ्यास पुनःप्रयोग र पुनःउपयोग प्रक्रियालाई प्रभावकारी बनाउन अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

परियोजनाको अवधिभर, पोखरामै ३० वटा पुनःप्रयोग र पुनःउपयोग उद्यमहरू स्थापना गर्ने योजना छ । यी उद्यमहरूलाई सहयोग पु¥याउनका लागि १३६ वटा Recycling र Upcycling (RU) समूहहरू गठन गरिनेछ, जसले सङ्कलन, छानबिन, छुट्याउने, सरसफाइ वा आफैंले पुनःप्रयोग तथा पुनःउपयोग सामग्री उत्पादन गर्ने जस्ता कार्यहरूमार्फत मूल्य श्रृंखलामा योगदान दिनेछन ।
सन् २०२९ सम्म १,३०० स्थानीय समुदायका सदस्यहरूलाई दिगो ठोस फोहोर व्यवस्थापन, पुनःप्रयोग र पुनःउपयोग सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्यअनुसार, परियोजनाले पोखराका विभिन्न संस्थासँग सहकार्य गर्दै सीप विकास तालिमहरू सञ्चालन गरिरहेको छ ।

पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनमा रिसाइकलिङ्ग तथा पुनःप्रयोगको लागि वेलिङ्ग मेसिन हस्तान्तरण गरिएको छ। ग्रीन जब क्रिएसन थ्रू रिसाइकलिङ्ग एण्ड अपसाइकलिङ्ग RU योजना अन्तर्गत शुक्रबार वेलिङ्ग मेसिन तथा आवश्यक सुरक्षाकिट हस्तान्तरण गरिएको हो।
उक्त मेसिन योजना अन्तर्गत गठन गरिएको आरय समूह पार्स्याङ, मालेपाटन फोहोर संकलन तथा पूर्ण चक्रण संस्थाू लाई प्रदान गरिएको हो, जसले पार्स्याङ, मालेपाटन क्षेत्रलाई सेवा दिइरहेको छ। सो संस्थाबाट हाल ४ जनाले हरित रोजगारी पाएका छन्। यो संस्था वडा नं ५ का चारवटा टोल विकास संस्थाहरूको समन्वयमा गठन गरिएको हो, जसले समुदायमै आधारित रुपमा फोहोर व्यवस्थापनको समाधानको पहल गर्दै आएको छ ।