सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : ऋचाको ‘तेलभिसा’देखि माओत्सेको ‘अग्निदहन’

काठमाडौं :

शुक्रबारबाट नेपालभरका हलमा फिल्म ‘तेलभिसा’ र ‘अग्निदहन’ प्रदर्शनमा आएका छन्। यसअघि चार हप्तादेखि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘ह्रस्वदीर्घ’सँगै आजबाट प्रदर्शनमा आएको हो।

फिल्म ‘तुलभिसा’मा विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा रहेका छन्। शंकर घिमिरेको निर्देशनमा तयार भएको फिल्ममा वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ ।

आजैबाट प्रदर्शनमा आएको फिल्म ‘अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन्। यसमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

Leave A Reply

Your email address will not be published.