सुचना, समाचार र मनोरन्जन

पन्द्रवर्षपछि फेरि ‘सिलसिला’बन्दै,रेखा र विराजको हुनेछैन अभिनय,समिर भट्टको चान्स धेरै

काठमाडौं :

पन्द्र वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘सिलसिला’ पुन निर्माण हुने भएको छ। त्यतिबेला सुपरहिट भएको फिल्म ‘सिलसिला’पुन निर्माण हुन लागेको हो। रेखा थापा बिराज भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मले त्यतिबेला हलमा सय दिन मनाएका थिए।

केहि हलमा ८६ दिन पुगेको थियो भने कुनैमा १ सय २५ दिनसम्म चलेको थियो। अहिले यसै नामबाट फेरि निर्माण टिम फिल्ममा लागेको । यो फिल्मको गीतसंगीत समेत लोकप्रिय बनेको थियो। जनमानमा अहिले पनि यो फिल्ममा समावेश ‘सागरसरी’ बोलको गीत उतिक्कै लोकप्रिय छ।
नरेश पौड्यालको निर्देशनमा बन्न लागेको यो फिल्मको गीतसंगीत निर्माण भइरहेका छन्। एउटा गीतमा योगेश काजीले काम गरिरहेका छन् भने अर्को गीतमा अहिलेका चर्चित संगीतकार दीपक शर्मा रहेका छन्। आगामी माघ २१ गते चितवनमा शुभ मुहूर्तसँगै छायांकन जान लागेको यो फिल्मलाई चितवन र मकवानपुर क्षेत्रमा ४५ दिनसम्म खिचिने छ। नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहने यो फिल्ममा रेखा तथा विराटको टिम हुने छैनन्। आगामी २०८२ सालमा रिलिज लक्ष्य राखिएको फिल्मलाई सूर्य श्रेष्ठले निर्माण गर्दैछन्।

एक्सन–लभस्टोरी कथामा निर्माण हुन लागेको यो फिल्ममा विराट भट्टको छोरा समिर भट्ट रहने सम्भावना रहेको छ। निर्माण पक्षले उनीसँग यतिबेला कुराकानी अगाडि बढाइरहेका छन्। कलाकारको हिसावमा यो फिल्ममा नयाँ र चल्तीका कलाकारहरुको मिश्रण रहनेछ। फिल्मलाई निर्देशक पौड्यालले नै लेखिरहेका छन्।

Leave A Reply

Your email address will not be published.