सुचना, समाचार र मनोरन्जन
IVF New Banner

फिल्म समिक्षा : ‘गणपति’मा सुरुवात र इण्डिङ गज्जब

काठमाडौँ :

बिहीबारबाट हलमा लागेको फिल्म ‘गणपति’ले समसायिक विषयवस्तुलाई उठाउन खोजेको छ। यो नाम झट्ट सुन्दा भगवान गणेशकै सेरोफेरोमा बनेको फिल्म जस्तो लागे पनि यो विलकुल फरक विषयवस्तुनमा बनेको फिल्म हो।

Safal

प्रकाश घिमिरे र सूर्यमाला शर्माले दैनिक रुपमा तिर्थब्रत बस्दै घर अगाडीको गणेशको पुजा गरेपछि बुढेसकालको सहाराका रुपमा गणपतिको जन्म हुन्छ ।  गणपति जन्मिदा नाकमा गणेशको जस्तै सुँड भएको हुन्छ। । उनको नाममा सुँड जस्तो देखिएपछि सारा मान्छेहरुले गणेश जन्मिएको भन्ठानेर सारा गाउँलेले पूजा गर्छन्,खुट्टा ढोग्छन् र घर नजिकै मन्दिर बनाउने कुरा गर्छन्। घर सौतेनी भाईले खासमा के भएको हो भनेर डाक्टरलाई देखाउँछन्। त्यसपछि सुँढ नभएर ट्युमर पलाएको जवाफ दिएपछि गाउँ, समाज र परिवारले गणपतिलाईगाली गर्दै टाढिन्छन्। यसबाट गणपतिलाई उसका बुबा एकाएक दुखी हुदै अर्को सन्तानका रुपमा लिन्छन्। फिल्मले मान्छे कसरी भगवानबाट एकाएक हाम्रो समाजले तल्लो स्तरमा झार्छन् भन्ने कथालाई पेश गरेको छ।

फिल्मलाई लेखक समेत रहेका निर्देशक सविन अधिकारीले निकै मेहनत गरेको देखिन्छ। एनले पहिलो फिल्मबाट नै निर्देशशिय सम्भावना देखाएका छन् । फिल्मको पटकथा राम्रै देखिन्छ। स्कुलले जीवनदेखिसँगै रहेका गणपति र साथीबीचका दृश्यले मज्जाले दर्शकलाई हँसाइरहन्छन्। ममताको भुमिका रहेकी मेनुका प्रधानको चरित्रले दर्शकलाई भावुक बनाउँछ। श्रीमानको कुटाई खान नसकेपछि माइत आउँछिन्। सौतेनी आमाले र भाईले हेला गरेपछिको कारुणिक दृश्यले दर्शकलाई भावुक बनाउँछन्।

IVF Post

स्कुल लेवलदेखि नै एक अर्कालाई मन परापर भएका मुकुुन र मेनुकाको लामो समयपछिको भेटपछिको सम्वाद मन छुने छ। कलाकारले बोल्ने संवाद चोटिला छन् र मौलिक अनुभुत हुन्छ। मुकुनका भाईले प्रेमिकालाई चुम्बन गर्दा बाउले राखेको चक्कुमा पर्नु र त्यसको जिम्मा मुकुनले लिएर जेल जाँदाको क्षणले दर्शकलाई ताली बजाउन बाध्य बनाउँछ।। किनभने कहिलै बाउको शिर उठाउने काम गरेपछि मात्रै बाउको मुख हेर्ने दिन दिएको टोपी लगाउँछु भनेका मुकुनको बाउले छोरोलाई देखाउदै शिरमा टोपी लगाउँछन् । यो दृश्यले धेरैलाई भावुक बनाउँछन।

फिल्म राजाराम पौडल र अंशु महर्जनले सदाझैँ दर्शक हसाइरहन्छन्। फिल्म हेर्ने दर्शकलाई समग्रमा ‘गणपति’ राम्रो लाग्छ।  फिल्म हेरेका दर्शकलाई पैसा खेर गएको जस्तो अनुभुत हुँदैन ।

फिल्मको गीत संगीतको कुरा गर्ने हो भने कथा अनुसार मिलेको छ। समय अनुसार टाइमिङमा छ। जसका कारण पनि फिल्लम समग्रमा राम्रो बनेको छ। यो फिल्ममा कमीकमजोरी नभएको भने होइन। फिल्मको बीचका सिनहरु लम्ब्याएको छ। त्यस समयमा दर्शकले हाइ काड्नुपर्ने अवस्था आउँछ। तर, फिल्मको सुरुवात र इण्डिङ भने गज्जब छ।

Leave A Reply

Your email address will not be published.