सुचना, समाचार र मनोरन्जन

गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

काठमाडौं :

प्रेम र रोमान्स समेटिएको गीत ‘आखाँ झुम्न थाल्यो’सार्वजनिक भएको छ । गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत सुन्न सकिन्छ । दुइ दशक लामो अमेरिका बसाईपछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत गीत निकालेका हुन्।

उनी मौलिक भाकाका गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्वप्रतिको लगाव भएको बताउँछन्। सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.