
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पढाइलाई असर नपुग्ने गरी दशैँमा प्रशिक्षण: ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को तयारी तिब्र
- बुटवलमा ‘आ बाट आमा–२’ को भव्य कन्सर्ट, पल शाह र विपना थापालाई हेर्न बिहानैदेखि दर्शकको भीड
- न्यायको मन्दिरमा गुटको छायाँ: गरिमा र विश्वासको पुकार
- नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक
- उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
- सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक
पोखरा :
साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापा लगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राखे । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताए ।
कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताए । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राखे । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए । उनका यसअघि मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) प्रकाशित छन् ।

माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन् । लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन् । उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन् ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताए । उनले थापालाई कृतिका लघुकथाका आधारमा सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिन्न सकिने बताए । दार्शनिक चिन्तन गर्न सक्ने कथाकारका रूपमा थापालाई स्थापित गर्ने लघुकथाहरू कृतिमा समेटिएका डा. अधिकारीको भनाइ थियो ।
कथाकार थापाको परिचय दिँदै साहित्यकार दीपक समीपले साहित्यिक भिडमा पनि अलग्गै चिन्न सकिने साहित्यिक व्यक्तित्वका रूपमा चिनाए । थापा विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकारका भएको समीपको मत थियो । लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव अमृतले गरेका थिए ।