सुचना, समाचार र मनोरन्जन

गाजामा बिहीबार भएको आक्रमणमा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्यो

 

प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेकासमय बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।

इजरायली सेना प्रमुखले भन्नुभयो, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ ।”

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।

इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो । ह्युमन राइट्स वाच (एचआरडब्लु) का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, “इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ ।”

 

Leave A Reply

Your email address will not be published.