काठमाडौं :
नक्कली प्रचण्डको उपनामले परिचत कलाकार घनश्याम गौतमको निधन भएको छ। उनको परिवारले गौतमकै फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको निधन भएको जानकारी दिएको हो। मंगलबार राति घनश्यामको एउटा तस्विरसहित अब ‘हामी माझ रहनु भएन, हार्दिक श्रद्धाञ्जली लेखिएको छ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना भएका थिए। उनको उपचारकै क्रममा उनले मंगलवार राति निधन भएको हो।
उनको निधनमा राति नै विभिन्न कलाकारहरुले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। कलाकार गौतमको मंगलवार विहान साढे ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने उनको परिवारका सदस्यले जानकारी दिएका छन्।
विभिन्न हास्य श्रृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरुमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए। दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि नीका नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए।