सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कलाकार घनश्याम गौतमको स्वास्थ्यमा क्रमिक सुधार,चाँडै शल्यकृया हुने

काठमाडौं :

नक्कली प्रचण्डको नामले परिचित लोकप्रिय हास्य कलाकार घनश्याम गौतमको स्वास्थ्यमा सुधार भइरहेको छ। गत साउन महिना देखि पेटको आन्द्राको क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको स्वास्थ्यमा सुधार आएको हो।

अहिले उनी सामान्य हिड डुल गर्न सक्ने भएका छन्। किमो थेरापी र रेडिएशन थेरापी दिई सकेपछि अहिले घरमै औषधी सेवन गर्दै आराम गरिरहेको गौतम बताए।उनका अनुसार अब पुस महिनामा गौतमको अप्रेशन गर्ने कुरा डाक्टरले बताएका छन्।

Exchange and test

कलाकार गौतमले परिचयसँगको कुराकानीमा भने,‘कलाकार, आफन्त साथीभाई र आफ्ना शुभ चिन्तकको माया र शुभेच्छाले धेरै आत्मा विश्वास बढेको र क्यान्सर सँग लड्न सक्छु भन्ने हिम्मत बढेको छ।’

निरन्तर कलाकारिता र नाटक प्रशिक्षकको रुपमा सकृय रहँदै आएका गौतम ७ महिनादेखि घरमै निस्कृय जीवन बिताईरहेका छन्।

उनी भन्छन्,‘बिरामी हुँदाको पीडा भन्दा कलाकारिता गर्न नपाएर एक्लै घरमा सुतेर बस्नु पर्दाको पीडा धेरै गारो हँुदो रहेछ,’उनले भने,‘चाँडै निको भएर दर्शकलाई हँसाउन मन छ । तर कहिले पूरा ठिक हुन्छु थाहा छैन।’

उपचारको क्रममा नेपाल चलचित्र कलाकार संघ, चलचित्र विकास बोर्ड, चलचित्रकर्मी एसोसिएसन चलचित्र निर्देशक समाज नेपाल लगायत देश भित्र र देश बाहिर रहेका कलाकर्मी एवम् आफन्त साथीभाई तथा शुभचिन्तकबाट उनलेसहयोग र सद्भाव पाइरहेका छन्।

Leave A Reply

Your email address will not be published.