सुचना, समाचार र मनोरन्जन

आफ्नो फिल्म ‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुखको धन्यबाद

काठमाडौं :

बलिउड अभिनेता शाहरूख खानले आफ्नो फिल्म हेरेकोमा नेपाली दर्शकलाई धन्यबाद दिएका छन्। बिहिबारबाट नेपालमा प्रदर्शन आएको आफु अभिनित फिल्म ‘डंकी’ हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका हुन्।

Pach Pandav

उनले डंकीको पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्,‘धन्यवाद नेपाल, तपाईसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’

बेला बेलामा उनले आफ्नो फिल्म प्रदर्शनका लागि नेपाली दर्शकलाई धन्यबाद दिदै आएका छन्। उनी आफ्नो फिल्ममा दर्शक कसरी बटुल्न सकिन्छ भन्ने कुरालाई ख्याल राख्ने गरेका छन्। नेपालमा शाहरुख खानको अत्यधिक फ्यानहरु रहेका छन्।

Leave A Reply

Your email address will not be published.