सुचना, समाचार र मनोरन्जन

‘गोबर गणेश’को पोस्टर सार्वजनिक, बल्छी धुर्बे र वर्षा शिवाकोटीको अनौठो जोडी

काठमाडौं :

आगामी माघ १ गते दुई वटा नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन्। एउटा फिल्म ‘मिर मिरे’रहेको छ भने अर्को गोबर गणेश। हास्य टेलिश्रृंखला हल्का रमाइलोका लेखक तथा निर्देशक समेत रहेका मरिचमान श्रेष्ठ (बल्छी धुब्रे)को निर्देशनमा निर्माण भएको फिल्म ‘गोबर गणेश’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको छ।

पोस्टरमा निर्देशक आफै अभिनयमा रहेको देखिन्छ। फिल्मका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी फिचर्ड छन्। उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ। वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन्। दुवै प्रशन्न मुद्रामा छन्। उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको अनुमान गर्न सकिन्छ।

पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ। बल्छीको गलामा सिठी छ। पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर सहर जस्तो देखिन्छ। पोस्टरमा कलर टोनजस्तो देखिने हरियो रङ छन्। यसले पोजेटिभ स्टोरी फिल्मले भन्ने संकेत गरेको छ। तर, यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन।

‘छायांकन सकेको यो फिल्मलाई निर्माण टिमले धमाधम यतिबेला पोस्टप्रोडक्सन काम गरिरहेको छ।
पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ,सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु),बुद्धि तामाङ,विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन,शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave A Reply

Your email address will not be published.