सुचना, समाचार र मनोरन्जन

विदेशी सपनाको कथामा आधारित ‘पीआर’को टाइटल गीत बाहिरियो

काठमाडौँ :

निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक गरिएको छ। यही शुक्रबारबाट प्रदर्शनमा आउन तयारी भइरहेको फिल्मको मुख्य गीत शुक्रबार सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारी फिचर्ड छन्। सार्वजनिक गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर तथा शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। गीत सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको ‘पीआर’मा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। त्यसैगरी नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्।

Pach Pandav

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार चलचित्रले विदेश जान इच्छुक नेपाली युवाको सपना, चुनौती र सामाजिक यथार्थलाई मुख्य विषयवस्तु बनाएको छ।

फिल्मको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।

गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले फिल्मले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रणमार्फत दर्शकलाई प्रभावित पार्ने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.