सुचना, समाचार र मनोरन्जन

सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

काठमाडौं,

नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढाएर ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.