सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

काठमाडौँ/

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको हो।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.