सुचना, समाचार र मनोरन्जन

‘भाईरल गोर्खे’मा सौगात मल्ललाई लेखियो सुपरस्टार

काठमाडौं :

आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजर रिलिज गरिएको हो। सार्वजनिक टिजरमा फिल्मको मुख्य कथावस्तुका बारेमा प्रकाश पारिएको छ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ।

फिल्मको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिने पत्रकार ऋषि धमालसँग अन्र्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्। यसै फिल्मको टिजरमा सौगात मल्ललाई सुपरस्टारको ट्याग निर्माण टिमले भिडाएका छन्। जुन टिजरको नाममा नै हेर्न सकिन्छ। अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

Leave A Reply

Your email address will not be published.