काठमाडौँ,
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले संविधान विपरीतको काम गरिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले फरक बिचार राखेकै आधारमा दलका नेताहरूलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको उल्लेख गरे ।
राप्रपा युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको उनले बताए । संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठुलो हो भन्दै प्रश्न गरे ।
उनले संविधानको पालना गर्न नसक्ने व्यक्ति सरकारमा बस्नुको औचित्य नहुने उल्लेख गरे । त्यस्तै सांसद शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट ज्यान गुमाएका उपेश नेपालीको मृत्यु नभई हत्या भएको भन्दै घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न माग गरे ।