सुचना, समाचार र मनोरन्जन

यस्तो देखिए फिल्म ‘हनी बनी’को फस्टलुकमा अभिमन्यु र जसिता  

काठमाडौं :

लभस्टोरी कथामा निर्मित फिल्म ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी माघ २६ गतेलाई तोकेको छ।

फस्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन्। अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर फिल्म हो ।

भारतिय मोडल अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड सिनेमामा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको यस फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन रहेको छ ।

फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतको पनि अभिनय रहेको छ । अघिल्लो वर्षको जेठमा लण्डनमा फिल्मको छायांकन सुरु भएको थियो । फिल्मको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ सिनेमा निर्माण गरिसकेको छ भने नयाँ फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी सिनेमा वितरणमा पनि संलग्न छ । यस फिल्मलाई दीवाकर भट्टराईको लेखन तथा निर्देशन गरेका छन्।

Leave A Reply

Your email address will not be published.