सुचना, समाचार र मनोरन्जन

‘परदेशी २’को प्रचारप्रसारमा नेपालगञ्ज पुगेकी केकी अधिकारी भन्छिन्,‘ फिल्मले मौलिक कथामा अभिनय गर्ने रहर पूरा गरिदियो’

काठमाडौं :

फिल्म ‘परदेशी २’प्रचारप्रसारमा नेपालगञ्ज पुगेकी अभिनेत्री केकी अधिकारीले मौलिक कथामा अभिनय गर्ने रहर पुरा भएको बताएकी छन्। उनले सोमबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएकी हुन्।

फिल्म असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को प्रचारप्रसारलाई तिव्र दिदै फिल्मका निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहितको टिम दुई दिनदेखि नेपालगञ्जमा रहेका छन् ।
परिचयसँगको कुराकानीमा केकी अधिकारीले यस वर्षको दसैं परिवारसँग भन्दा पनि अडियन्ससँग बसेर बनाउने बताईन् । उनले भनिन्,‘हरेक वर्ष परिवारको साथ दसैं मनाउनेथेँ भने यस पटक मेरो फिल्मका दर्शक तथा फ्यानसँग भेटेर मनाउने छु।’
उनले अघिल्ला फिल्म भन्दा यो विशेष र राम्रो फिल्म बनेको समते बताईन्।

उनले भनिन्,‘मेरो लागि फिल्म ‘परदेशी २’विशेष फिल्म हो। त्यसैले पनि प्रचारप्रसारलाई तिब्रता दिएको छु।’ उनका अनुसार ‘परदेशी २’को कथा सबै नेपालीको भावना समेटिएको छ। उनले भनिन्,‘यो फिल्मले मेरो मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो । परदेशी २ हामी सबैको कथा समेटिएको फिल्म हो । त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु । प्रकाश सपूतजीको पहिलो फिल्म हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य फिल्महरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’

यो टिम शनिवार नेपालगञ्ज पुगेर त्यहाँका फिल्म हलहरु भिजिट गरेको थियो भने आइतवार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो । साक्षात्कार कार्यक्रममा अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो फिल्म र राम्रो फिल्म भएकाले पनि आफु निकै उत्साहित रहेको बताए ।

‘जब मैले यो फिल्म गर्ने निर्णय गरेको थिएँ, त्यतिबेला अहिलेको जस्तो चर्चा–परिचर्चा थिएन्,’ उनले भने, ‘त्यो सुरुवातमा फिल्म गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’

फिल्मका निर्देशक तथा निर्माता समेत रहेका नारायण रायमाझीले फिल्ममा समाजको कथा उठान गरेकोले दर्शकले रुचाउनेमा आशावादी रहेको बताए ।

उनले भने,‘नेपालगन्जमा मेरा अघिल्ला फिल्महरु राम्रो चलेका थिए । अहिलेको फिल्मलाई पनि देशभर लगायत नेपालगन्जमा पनि दर्शकको साथ मिल्ने अपेक्षा गरेको छु ।’

उनले थपे,‘मेरा कथाहरुमा समाजको यथार्थता उतार्ने कोशिस गरेको हुन्छु । यो फिल्ममा पनि हाम्रै कथा उठान गरिएको छ ।’
त्यस ठाउँमा निर्माण टिमले फिल्मको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेका छन्। फिल्मको टिमले आइतबार नै नेपालगन्जका जिभिएन कलेज र यूनाइटेड कलेजमा पुगेर समेत ड्रामा प्रस्तुत गर्दै विद्यार्थीहरुसँग साक्षात्कार गरेको थियो ।

पर्दामा देख्ने प्रकाश सपूत र केकी अधिकारीलाई आँखै अगाडि देख्न पाउँदा विद्यार्थीहरु निकै खुशी भएका थिए । निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किएको छ । बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किने योजना रहेको बताए ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.