सुचना, समाचार र मनोरन्जन

कोशी प्रदेश सरकार विस्तार, ३ राज्यमन्त्रीसहित ९ सदस्यीय

काठमाडौँ/

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन । मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरेका हुन ।

आज सोमवार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएका हुन । यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

अब कोशी प्रदेशको मन्त्रिपरिषद् ३ राज्यमन्त्रीसहित ९ सदस्यीय भएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा शपथ लिएका छन् ।

Leave A Reply

Your email address will not be published.