सुचना, समाचार र मनोरन्जन

२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात

काठमाडौँ/

चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो ।

गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेपछि व्यवसायीहरू निर्यातमा आकर्षित भएका हुन् ।

Leave A Reply

Your email address will not be published.