सुचना, समाचार र मनोरन्जन

मञ्चद्वारा एसियाड आर्चरी खेलाडी योगेन्द्रको बिदाई

मञ्चका आजिवन सदस्य समेत रहेका योगेन्द्र सम्भवतः नेपाली खेलाडीहरु मध्येका सिनियर खेलाडी समेत हुन् ।

पोखरा /

१९ औं एसियाली खेलकुदमा सहभागि हुन जान लागेका नेपाली राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचनलाई बिदाई गरिएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले सोमबार एक कार्यक्रम गरी उनलाई बिदाई गरेको हो । मञ्चका आजिवन सदस्य समेत रहेका योगेन्द्र सम्भवतः नेपाली खेलाडीहरु मध्येका सिनियर खेलाडी समेत हुन् ।

५२ वर्षिय योगेन्द्रले १९ औं एसियाली खेलकुद अन्तर्गत हुने आर्चरीको कम्पाउण्ड मेन्स सिंगल्स र मिक्स इभेन्टमा सहभागिता जनाउने छन् । आर्चरी खेल यहि असोज १४ गते सुरु हुँदैछ ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, सचिव केशव पाठक, कोषाध्यक्ष महेश पौडेलले उनलाई जितको शुभकामनासहित बिदाई गरेका थिए ।

सो अवसरमा अध्यक्ष पराजुलीले एसियाली खेलकुदमा उच्च प्रदर्शन गर्न आग्रह गरे । योगेन्द्रसहित नेपाली टोली असोज ११ गते काठमाण्डौबाट चिन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

१९ औं एसियाली खेलकुदका लागि गत साउन १ गतेबाट ४ जना खेलाडीहरु पोखरामा बन्द प्रशिक्षणमा रहेका छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा योगेन्द्रसहित तिलक पुन मगर, इमायुङ राई र मञ्जु बजगाई रहेका छन् ।

नेपाली राष्ट्रिय टोली असोज ११ गते चिन प्रस्थान गर्ने तय भएको छ ।

Leave A Reply

Your email address will not be published.