सुचना, समाचार र मनोरन्जन

पोखरामा हरित रोजगारी परियोजना सुरु

पोखरा/

पोखरामा कोईका (KOICA) र युएनडिपी (UNDP) को सहयोगमा करिब १ अर्ब ४४ करोड रुपैयाँ (१०.६७ मिलियन अमेरिकी डलर) को हरित रोजगारी परियोजना सुरु भएको छ।

यस परियोजनाबाट पोखरा महानगरपालिकाका ३३ वटै वडाका १२६ समूह छनोट गरिएका छन्। परियोजनाले करिब ३हजार जनालाई रोजगारी सिर्जना गर्नेछ। साथै, पुन: प्रयोग गर्न सकिने फोहोरका वस्तुहरूलाई उपयोग गरिनेछ।

परियोजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा बहुउद्देश्यीय भवन (कोशेली घर र अध्ययन केन्द्र) निर्माण प्रक्रिया सुरु भइसकेको छ। परियोजनाको संचालनका लागि युएनडिपीले पोखरा-८, शिवालयचोकमा प्रोजेक्ट कार्यालय स्थापना गरिसकेको छ।

परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कोईका र युएनडिपीको निमन्त्रणामा मेरो नेत्तित्वमा पोखरा महानगरपालिकाको प्रतिनिधिमण्डल दक्षिण कोरियाको राजधानी सियोल र वरपरका सहरहरूमा दुईपक्षीय बैठक तथा अध्ययन भ्रमणका लागि आज प्रस्थान गर्दैछ।

प्रतिनिधि टोलीका सदस्यहरू:

१. धनराज आचार्य – मेयर, पोखरा महानगरपालिका
२. रुद्रनाथ बराल – वडाध्यक्ष, वडा नं. ८
३. दिपेन्द्र मर्सानी – वडाध्यक्ष, वडा नं. ९
४. बालाराम पाठक – प्रमुख, सरसफाइ शाखा
५. ई. नेत्र तिमिल्सिना – प्रमुख, सानिसा शाखा
* मन्त्रालयको तर्फबाट :-
६. कालि प्रसाद रिजाल – सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
७. महेन्द्र कुमार सापकोटा – उपसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
* परियोजनाको तर्फबाट
८. सुदीप अर्याल – हेड अफ फिल्ड अफिस, UNDP
९. यमुना सुवाल – राष्ट्रिय परियोजना व्यवस्थापक, UNDP/GCRU

भ्रमणका कार्यक्रम:
१. कोईका मुख्यालयमा परियोजनासम्बन्धी बैठक
२. सियोल र गुमी नगरका नगरप्रमुखहरूसँग दुईपक्षीय सम्बन्ध र सहकार्यबारे बैठक
३. सियोल सिटी रिसोर्स सेन्टर (रिसाइकल प्रोडक्ट शोरुम) भ्रमण
४. सियोल अपसाइक्लिङ प्लाजा (SUP) भ्रमण र छलफल
५. ब्युटिफुल स्टोर फाउन्डेसन कार्यालयको भ्रमण
६. पुन: प्रयोग, सामुदायिक च्यारिटी र परोपकारी कार्यहरूको अध्ययन
७. नुकाक कासा (Nukak Casa) को भ्रमण
८. फोहोर प्लास्टिक र ब्यानर पुन: प्रयोग प्रक्रिया अवलोकन
९. बेटर अर्थ जिरो वेस्ट स्टोर भ्रमण
१०. वातावरणमैत्री वस्तुहरूको रिसाइकल र अपसाइक्लिङ सिस्टमको अबलोकन ।
११. डोङ-चिओन-डोङ टाउन भ्रमण (स्थानीय समुदायसँग भेटघाट र फोहोर व्यवस्थापन प्रक्रिया अवलोकन)
१२. गेओङ्गी अपसाइक्ल प्लाजा (GUP) मा बैठक

 

Leave A Reply

Your email address will not be published.