कास्की : पोखरामा कोईका र युएनडिपी को सहयोगमा करिब १ अर्ब ४४ करोड रुपैयाँ (१०.६७ मिलियन अमेरिकी डलर) को हरित रोजगारी परियोजना सुरु भएको छ।
यस परियोजनाबाट पोखरा महानगरपालिकाका ३३ वटै वडाका १२६ समूह छनोट गरिएका छन्। परियोजनाले करिब ३हजार जनालाई रोजगारी सिर्जना गर्नेछ। साथै, पुन: प्रयोग गर्न सकिने फोहोरका वस्तुहरूलाई उपयोग गरिनेछ। परियोजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा बहुउद्देश्यीय भवन (कोशेली घर र अध्ययन केन्द्र) निर्माण प्रक्रिया सुरु भइसकेको छ।
परियोजनाको संचालनका लागि युएनडिपीले पोखरा-८, शिवालयचोकमा प्रोजेक्ट कार्यालय स्थापना गरिसकेको छ। कोरियाको भ्रमण कार्यक्रम यस परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि कोईका र युएनडिपीको निमन्त्रणामा मेरो नेत्तृत्वमा पोखरा महानगरपालिकाको प्रतिनिधिमण्डल दक्षिण कोरियाको राजधानी सियोल र वरपरका सहरहरूमा दुईपक्षीय बैठक तथा अध्ययन भ्रमणका लागि आज प्रस्थान गर्दैछ।
महानगरका प्रमुख धनराज आचार्यको प्रतिनिधि टोलीहरू रहेका छन्। भ्रमणमा विभिन्न बैठक र अवलोकन कार्यक्रम हुने जनाइएको छ। भ्रमण ६ दिनको हुनेछ।