काठमाडौँ,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा परेका छन्। हिजो भएको उक्त दुर्घटनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य र सुधारोन्मुख रहेको छ।
दुर्घटनामा उनलाई सामान्य चोटपटक मात्र लागेको र उनी आफ्नो नियमित दैनिकीमा सदाझैँ सक्रिय भइसकेको जानकारी बाहिर आएको छ। पार्टीका नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अध्यक्ष साम्पाङको अवस्थाबारे जानकारी दिएका हुन्।