सुचना, समाचार र मनोरन्जन

श्रमदानले नेपालीको मन एकीकरण गर्छः हर्क साम्पाङ

काठमाडौँ,

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरानबाट सुरु गरेको श्रमदान अहिले दार्चुला पुगेको पनि बताए ।

Chaka Panja

‘श्रमदान देशको लागि गर्नुपर्छ । पहिला–पहिला पनि श्रमदान हुन्थ्यो तर कहिलेकाहीँ हुने गर्दथ्यो’, अध्यक्ष साम्पाङले भने, ‘तर प्रत्येक हप्ता श्रमदान गर्ने पहिलो अभियानकर्ता हुँजस्तो लाग्छ ।’

उनले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पनि मन एकीकरण नगरेको आफूलाई अनुभूति भएको भन्दै नेपालीहरूको मन एकीकरण गर्ने अभियान श्रमदान अभियान भएको धारणा राखे ।

‘श्रमदानको अभियानमा को ठुलो,को सानो भन्दाभन्दै, एउटै ठुलो भाँडोमा भात पकाएर खान्छौ’, साम्पाङले भने, ‘ त्यसले हाम्रो समाजमा देखिएका विभेदको अन्त्य गर्छ ।’ उनले मलामीमा मात्रै भेट्ने समाज देश बनाउने काममा पनि भेट्नुपर्छ भन्ने मान्यताअनुसार श्रम संस्कृतिले श्रमदानको काम गरिरहेको बताए ।

विकास मात्र नभएर क्रान्तिकारी विकास चाहिएको भन्दै सांसद समेत रहेका साम्पाङले चेतना र जागरणको समेत विकासका लागि श्रमदानबाट धेरै कामहरू गर्ने पक्षमा रहेको र पार्टीको समेत सोही अनुसार नीति कार्यक्रम रहेको बताए । श्रमदानकै माध्यमबाट आफूहरूले धरानमा झन्डै एक अर्बको सम्पत्ति जोडेको तथा पलायन भएको पुँजी समेत फर्कने अध्यक्ष राईले बताए।

Leave A Reply

Your email address will not be published.