सुचना, समाचार र मनोरन्जन

टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने

काठमाडौँ :

लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका स्थापित कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन्। उनी कमेडी बाज कार्यक्रममार्फत कमब्याक गरेका हुन्। पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिएका बिष्णु अब कमेडी बाजमा निरन्तर देखिने भएका हुन् ।

हरेक आइतबार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदैछन् अर्थात उनले हरेक साता कमेडी प्रस्तुती दिनेछन्। उनी आफ्नो परिचीत पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुती दिनेछन्। आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उनी देखिदैछन्। जुन भागमा सुशिल नेपाल,प्रताप दास, सिडी बिजय अधिकारी र श्यामराना गेष्टको रुपमा कार्यक्रममा पुगेका छन् ।

कमेडी बाजका निर्माता, निर्देशक तथा सन्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ। उनले भनेका छन्, ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाईलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौं, आशा छ दर्शकले उहाँको प्रस्तुतीबाट भरपुर मनोरन्जन लिनुहुन्छ।’

कलाकार बिष्णु सापकोटा बिगत लामो समयदेखी हर्के हल्दार सिरियलमा काम गर्दै आएका थिए। तर पछिल्लो चारबर्ष यता उनी उक्त सिरियलबाट बाहिरिएका छन् । यद्यपी सिरियलभने प्रसारण भइरहेको छ। सुन्दरका अनुसार कमेडी बाजको फम्याटमा केहि परिवर्तन गरिएको छ। यसअघि ब्याटल गरिबाट चलेकोमा अब त्यो शैली नहुने र नितान्त मनोरन्ज र केहि प्रस्तुतीहरु थपिएको बताइएको छ।

शोमा सुन्दरसँगै आरती थापा होस्टको रुपमा रहेका छन्। शोको बिकाश धमला सहायक निर्देशक हुन् भने लेखन सुन्दर र सन्देश देवकोटाले गर्दै आएका छन् । शोलाई अमृत सुनुवारको टिमले खिच्दै आएको छ।

Leave A Reply

Your email address will not be published.