काठमाडौं :
‘कमेडी च्याम्पियन’ सिजन २’बाट चर्चामा आएका कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन भएको छ। उनको गएराती मंगलबार कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेका थिए।
उनले हाँकिरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अहिले प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
उनको निधनमा शोका निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त,पवन खतिवडा म्याकुरी,सुन्दर खनाल,मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धासुमन व्यक्त गरेका छन्।