Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिया खत्री र कृष क्षेत्रीको स्वरमा नयाँ गीत ‘युके शहर’ सार्वजनिक
- ‘चंगुल’ टिमद्वारा असोज १६ को प्रदर्शनअघि देशभक्तिपूर्ण गीत रिलिज
- टनेल २६ टोलीसँग गृहमन्त्री गुरुङको भेट, आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
- चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’,प्रियंका कार्कीको हट अवतार
- सुमन गजमेरको निर्देशनमा बन्ने ‘हाम्रो सानो घर’ मा देखिने भइन् मोडल पूर्णिका
- कास्की कांग्रेसमा कमला गिरीको दाबी: सामाजिक र व्यावसायिक अनुभव संगठन हितमा लगाउने संकल्प
- नारायणीको जलसतह हालसम्मकै उच्च
- सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
- नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ई.रामबहादुर के.सीको सशक्त उम्मेदवारी
- कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
काठमाडौँ,
हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाउनुभयो ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो ।
खेलकुदको माध्यमबाट अन्तरराष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार रु १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । त्यसैगरी महिला क्रिकेटको उमेरसमुह अन्तरगत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।
Next Post