काठमाडौँ,
बाढी पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर–६ तिलगाउँमा एक हप्तापछि राहत सामग्री पुगेको छ ।
गएको बुधवार बाढी आएपछि विस्थापित भएकाहरूका लागि आज राहत सामग्री पुर्याएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न सङ्घ–संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू पठाइएको पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार १० क्विन्टल चामल, सय लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एकरएक क्विन्टल भुजा, चिउरा, १० प्याकेट चियासहित आलु, सागसब्जी, साबुनदेखि औषधिहरू पनि पठाइएको छ ।