सुचना, समाचार र मनोरन्जन

‘वे टु क्यान’ अब ‘आई.सी.सी.सी. पोखरा’ नामबाट सञ्चालन हुँदै

पोखरा,

पोखराको सम्पदा कम्प्लेक्स पहिलो तल्ला चिप्लेढुङ्गामा अवस्थित वे टु क्यान प्रा. लि. ९ध्बथ त्य ऋबल० अब आई.सी.सी.सी.पोखरा क्ष्ऋऋऋ(एयपजबचब नामबाट सञ्चालन हुने भएको छ । आफ्नो सेवालाई नयाँ परिचयसहित आई.सी.सी.सी. पोखरा नामबाट सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

यो महत्वपूर्ण रि–ब्रान्डिङ को निर्णय आई.सी.सी.सी.का प्रबन्ध निर्देशक राम खड्का र वे टु क्यान प्रा.लि.का निर्देशक ऋषि न्यौपानेले हालै तिलिचो लेकबाट संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

ऋषि न्यौपाने पोखरामा लामो समयदेखि उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आईरहेका छन् । उनका अनुसार सही जानकारी, पारदर्शी प्रकृया र विश्वसनीय सेवा मार्फत विद्यार्थीहरुलाई आफ्नो लक्षित गन्तव्यसम्म सुरक्षित र प्रभावकारी रुपमा पु¥याउनु नै उनको मुख्य उद्देश्य रहँदै आएको छ । विद्यार्थीको प्रोफाईल अनुसार विभिन्न देशका उपयुक्त विश्वविद्यालय र कोर्ष चयनमा पनि उनले सहयोग गर्दै आएका छन् ।

अन्तर्राष्ट्रि«यस्तरको करियर काउन्सेलिङ, आई.ई.एल.टी.एस.÷पी.टी.ई., जापानीज भाषा प्रशिक्षण, शैक्षिक मार्गदर्शन तथा वैदेशिक अध्ययन सेवालाई अझ व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने लक्ष्यका साथ आई.सि.सि.सि.पोखरा नाम अपनाइएको छ ।
नाम परिवर्तनसँगै आई.सी.सी.सी. पोखराबाट अष्ट्रेलिया, यू.के., यु.एस.ए, क्यानाडा, न्युजिल्यान्ड, जापान लगायतका विभिन्न विकसित देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विधार्थीका आवेदन तथा परामर्श सेवा उपलब्ध हुने बताइएको छ ।
हाल नेपालका विभिन्न सहरमा आई.सी.सी.सी. का १३ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । निकट भविष्यमा थप विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
तिलिचो लेक जस्तो उच्च हिमाली स्थलबाट गरिएको यो घोषणा पोखराको शैक्षिक सेवा क्षेत्रमा नयाँ उत्साह र अवसरको संकेत भएको सञ्चालकहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.