पोखरा/
पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।
आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार कार्भिनलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समय समयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरु गर्दै आएको छ
नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस)सम्बन्धमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस),साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आइएसएमटी ग्रुपले पोखरासँगै ,काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।