सुचना, समाचार र मनोरन्जन

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

इलाम,
इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । उहाँ ९११ मतान्तरले विजयी भएका हुन ।
निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गर्नुभयो । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए ।
चुनावी प्रतिस्पर्धामा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरे ।
Leave A Reply

Your email address will not be published.