यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले खरिद गरेका छन् भने युकेबाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने चलचित्रका निर्देशक नवीन चौहानले बताए। यि सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ रिलिज हुने निर्देशक चौहानले जनाए।
यस चलचित्रको १२ दिन अघि रिलिज भएको गीत ‘मखमली’ले रिलिजको १० दिनसम्म लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको थियो । हाल यो गीत करिब ४० लाख भ्यूजसहित नेपालमा दोस्रो स्थानमा छ । नेपालमा मात्र नभई यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका माल्टा, कतार, अस्ट्रेलिया, युएई, कुवेत लगायतका देशहरूमा पनि ट्रेन्डिङको शीर्ष स्थानसम्म पुगेको थियो ।
यो चलचित्र घोषणाताका सार्वजनिक गरिएको ‘फूल’ शीर्षकको गीत १ करोड ६० लाख माथि भ्यूज सहित चर्चामै छ । य दुवै गीतका गायक तथा सङ्गीतकार प्रसिद्ध गायक तथा सङ्गीतकार सुजन चापागाईँ हुन् । ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।